माननीय सभामुख

नाम      : पुर्ण बहादुर घर्ति मगर
ठेगाना   : रुकुम पुर्व भुमे गाउपालिका वार्ड न‌.-९ साविक चुनवाङ्ग गा.वि.स.-६
वुबा       : विर वहादुर घर्ति मगर
आमा     : जयकला घर्ति मगर
श्रीमति   : सिता आर्चाय
छोरी      : लिचुन घर्ति मगर
दिदिहरु  : आशिका बुढामगर,लाल कुमारी घर्ति मगर
साविक रूकुम जिल्ला चुनवाङ्ग गा.वि.स.-६ लाखर खोलामा २०२४ सालमा निम्न मध्यम किसान परीवारमा जन्म (आमा जयकला घर्ति मगर र वुबा विर वहादुर घर्ति मगर) अबकास लिएका ब्रिटिश आर्मी एवम पचायति ब्यबस्थाको स्थापना काल देखी २० वर्ष वडाध्यक्ष थिए ।
नि.मा.वि.सम्मको अध्ययन गाउको स्कुलमा सकेपछि रूक्मीनी मा.वि.रुकुमकोट बाट हाई स्कुल सम्मको अध्ययन २०३६
२०३७ सालमा देशमा आएको राजनैतिक जागरण सगै २०३८ सालमा अ.ने.रा.स्व.वि.यु.को सगठित सदस्यता प्राप्त एवम मा.वि.रूकुमकोट ईकाइ सदस्य
रुकुम मुसिकोट खलङ्गा क्याम्पसमा भर्ना भएपनि राजनैतिक सगठनात्मक कामका कारण अध्ययन पुरा हुन सकेन ।
१. २०४१ देखी २०४५ सम्म प्रा.वि. तातापानी पाछाबाङ्ग रोल्पामा अध्यापन र सोही सालमा ने.क.पा.(मशाल)को पार्टी सदस्य प्राप्त ।
२. २०४५ पौष २६ गते रिल्वालिङ्गमा पञ्चायत विरोधी गतिविधिमा सलग्न भएको आरोपमा ५२ दिन हिरासतमा ।
३. २०४६ मा शिक्षण पेशामा अवकाश । अ.ने.रा.स्व.वि.यु.रुकुमको नवौ जिल्ला सम्मेलन द्वारा अध्यक्षमा निर्वाचित ।पूर्णकालिन कार्यकर्ता ।
४. २०४७ मा सम्पन्न ने.क.पा.(मशाल)को चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व ।
५. २०४८ मा ने.क.पा.(मशाल)को जिल्ला कमिटिमा मनोनित , सोही सालमा सम्पन्न एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई एकता महाधिवेशमा प्रतिनिधी छनौट ।

६. २०४७ देखी २०५१ सम्म “प्रतिभा साँस्कृतिक परीवार रूकुम र सिस्ने साँस्कृतिक समुह रुकुमको जिल्ला व्यापि साँस्कृतिक अभियानको नेतृत्व ।
७. २०४७ देखि २०६४ सम्म अखिल नेपाल जन-साँस्कृतिक सघको केन्द्रिय समितिमा रही राप्ति स्तरीय साँस्कृतिक अभियानको नेतृत्व ।
८. २०४८ मा सयुक्त जनमोर्चा रूकुमको सचिव ।
९. २०५८ देखी २०६० सम्म केन्द्रिय साँस्कृतिक टोली सयोजक, केन्द्रिय श्रव्य दृश्य प्रमुख एवम केन्द्रिय साँस्कृतिक विभाग सदस्य ।
१०. २०५४ देखी २०५७ सम्म ने.क.पा.(माओवादी) रुकुम सेक्रेटरी सोही सालमा दोश्रो राष्ट्रिय सम्मेलन बाट केन्द्रीय समिति मा निर्वाचित ।
११. २०५७ देखी २०५८ सम्म ने.क.पा.(माओवादी) म्याग्दी वाग्लुङ्ग र रुकुमको ईन्चार्ज ।
१२. २०५७ मसिर २८ गते ने.क.पा.(माओवादी) रुकुमको पहिलो जनसरकार प्रमुख निर्वाचित । पौष ६ गते वृहत कार्यक्रमका विच देशभर कै पहिलो जनसरकारको घोषणा ।
१३. २०५८ देखी २०६० सम्म भेरी कर्णालि क्षेत्र अतर्गत डोल्पा,जाजरकोट,दैलेख र सुर्खेतको पार्टी ईन्चार्ज ।
१४. २०६३ मा सयुक्त क्रान्तिकारी जनपरीषद मगँरात राज्य समितिको सयोजक ।
१५. २०६६ मसीर २३ देखी २०६६ असार सम्म नेपाल टेलिभिजनको वोर्ड अध्यक्ष ।
१६. २०६६ देखी २०६९ सम्म एकिकृत ने.क.पा.(माओवादी) मगँरात राज्य समितिको सेक्रेटरी ।
१७. २०६९ असार देखी २०७० सम्म एकिकृत ने.क.पा.(माओवादी) थारुवान राज्य ईन्चार्ज ।
१८. २०७१ देखी २०७२ सम्म ने.क.पा (क्रान्तिकारी माओवादी) पश्चिम मगराँत ईन्चार्ज ।।
१९. २०७३ को पार्टी एकिकरण पछि ने.क.पा.(माओवादी) सचिवालय सदस्य एवम प्रदेश न.५ सयोजक ।
२०. २०७४ मसीर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा रुकुम पूर्व क्षेत्र न.२ बाट नेपाली काँग्रेसका उमेदवारलाई पराजित गरी प्रदेश सभा सदस्यमा निर्वाचित ।
२१. २०७४ फाल्गुन २ गते प्रदेश न. ५ को सभामुख पदमा निर्विरोध निर्वाचित ।
 

 

 माननीय सभामुख

पूर्ण बहादुर घर्ती

माननीय सभामुख

थप जानकारी

 माननीय उप-सभामुख

कृष्णी थारु

माननीय उप-सभामुख

थप जानकारी

 सचिव

दुर्लभ कुमार पुन मगर

सचिव

थप जानकारी