प्रदेश सभाको बारेमा

नेपालको संविधानले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनी धारा ४ मा घोषणा गरेको छ । यसरी संघीयता लागु गरेको नेपालको संविधानको धारा ५६ले राज्यको पुनर्संरचना गर्ने क्रममा नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह बनाएको छ । सोही बमोजिम संविधानको अनुसूची ४ मा नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, पूर्वी रूकुम, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ वटा जिल्लाको प्रदेश नं. ५ को गठन भएको छ ।

प्रदेश नं. ५ नेपालका सबै विशेषता बोकेको र औसत तथ्याङ्क तथा सूचकाङ्कहरूका अनुसार मिनि नेपाल बन्न पुगेको छ । भौगोलिक रुपमा तराई, पहाड, हिमाल रहेको यो प्रदेश सांस्कृतिक रुपले पनि निकै विविधतायुक्त छ । थारु, मगर, मधेशी, मुस्लिम र खस आर्य समुदायको सांस्कृतिक सम्मिश्रण र अन्तरघुलनबाट यो प्रदेश सप्तरङ्गी इन्द्रेणी जस्तै बन्न पुगेको छ ।

नेपालको मध्य भागमा हिमाल, पहाड र तराइको भूभाग समेटेर बनेको प्रदेश नं. ५ विश्वले शान्तिका अग्रदुतका रुपमा चिनेका भगवान गौतम बुद्ध जन्मेको लुम्बिनी (रुपन्देही), बुद्धले २९ वर्षको उमेर सम्म जीवन व्यतित गरेको तिलौराकोट (कपिलवस्तु), एशियाको सबैभन्दा ठूलो र सुन्दर उपत्यका दाङ्ग, मनमोहक रमणीय पहाडी क्षेत्रहरु पाल्पा, प्युठान, अर्घाखाँची र गुल्मी साथै सिस्ने र पुथा हिमाल रहेको रुकुम पूर्व र जलजला पहाड रहेको रोल्पा, नेपालको अन्न भण्डार भनेर चिनिएका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, त्यस्तै कर्णाली प्रदेशको मूख्य भन्सार नाका नेपालगंज (बाँके) र प्रदेश नं.४ र ५ का मुख्य भन्सार नाका सुनौली (रुपन्देही) अनि औद्योगिक नगरको रुपमा स्थापना भैसकेको बुटवल र नेपालगंज जस्ता नेपालकै ठूला शहरहरु रहेको अति सुन्दर बनावट भएको सामाजिक, साँस्कृतिक, ऐतिहासिक तथा भौगोलिक र आर्थिक हिसावले अत्यन्त महत्वपूर्ण पर्यटकीय प्रदेशको रुपमा रहेको छ । यस प्रदेशको दक्षिण तर्फको लामो सिमाना भारतसँग जोडिएको छ भने पूर्वमा गण्डकी प्रदेश, पश्चिममा क ...

सबै हेर्नुस

 प्रवक्ता

रमेश गौतम

उप-सचिव

मोबाइल : ९८५७०७२११४

ईमेल: assembly.state5@gmail.com

 सहप्रवक्ता तथा सुचना अधिकारी

विमला पाैडेल

उप-सचिव (कानुन)

मोबाइल : ९८५७०७२११५

ईमेल: assembly.state5@gmail.com

 माननीय सभामुख

पूर्ण बहादुर घर्ती

माननीय सभामुख

थप जानकारी

 माननीय उप-सभामुख

कृष्णी थारु

माननीय उप-सभामुख

थप जानकारी

 सचिव

दुर्लभ कुमार पुन मगर

सचिव

थप जानकारी