माननीय सभामुख

 

 

मा. सभामुख पूर्ण बहादुर घर्ति मगर
✉ purnagm@gmail.com, 📞 ९८५७०४७९९९

 

साविक रूकुम जिल्ला चुनवाङ्ग गा.वि.स.-६ लाखर खोलामा २०२४ सालमा निम्न मध्यम किसान परिवारमा आमा जयकली घर्ति मगर र अवकाशप्राप्त ब्रिटिश सैनिक एवं प‍ंचायत ब्यबस्थाको स्थापना काल देखी २० वर्षसम्म वडा अध्यक्ष रहेका बुवा विर बहादुर घर्ति मगरको एक्लो छोराको रूपमा जन्म । गाउँकै नेपाल राष्ट्रिय नि.मा.वि.को अध्ययनपछि रूक्मीनी मा.वि.रुकुमकोटबाट २०४० सम्म हाई स्कुल सम्मको अध्ययन । २०३७ सालमा देशमा आएको राजनैतिक जागरणसँगै २०३८ सालमा अ.ने.रा.स्व.वि.यु.को संगठित सदस्यता प्राप्त गरी मा.वि.रूकुमकोटको ईकाइ सदस्य भई राजनीतिमा पाइला टेकेको । २०७४ फाल्गुन २ गते प्रदेश न. ५ को सभामुख पदमा निर्विरोध निर्वाचित भई कार्यरत ।

व्यक्तिगत विवरण

  • नाम : पुर्ण बहादुर घर्ति मगर
  • ठेगाना : रुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६
  • वुबा : विर बहादुर घर्ति मगर
  • आमा : जयकली घर्ति मगर
  • श्रीमती : सीता आचार्य
  • छोरी : लिचुन घर्ति मगर
  • दिदीहरु : आशिका बुढामगर, लाल कुमारी घर्ति मगर

शैक्षिक अनुभव

  • २०३६ सम्म नेपाल राष्ट्रिय नि.मा.वि. चुनवाङ्मा नि.मा.वि.तह अध्ययन ।
  • २०४० सम्म रूक्मीनी मा.वि.रुकुमकोटमा मा.वि.तह अध्ययन ।
  • २०४४ मा भारतको पटना बोर्ड अन्तर्गत डा. राम नारायण संस्कृत विश्वविद्याल मधुवनी विहारमा संस्कृत अध्ययन ।
  • २०४६ मा रुकुम मुसिकोट खलङ्गा क्याम्पसमा अध्ययन ।
  • मार्क्सवाद, मार्क्सवादी सौन्दर्यशास्त्र, साहित्य कला र राजनीतिशास्त्रको क्षेत्रमा व्यापक स्वअध्ययन ।

राजनीतिक अनुभव

  • २०४१ देखी ने.क.पा.(मशाल)को पार्टी सदस्यता प्राप्त ।
  • २०४७ मा ने.क.पा.(मशाल)को चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व ।
  • २०४८ मा ने.क.पा.(मशाल)को जिल्ला कमिटिमा मनोनित ।
  • २०४८ मा सम्पन्न ने.क.पा.(मशाल)को एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई एकता महाधिवेशमा प्रतिनिधी छनौट ।
  • २०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव ।
  • २०५४ देखी २०५७ सम्म ने.क.पा.(माओवादी) रुकुम जिल्ला सेक्रेटरी ।
  • २०५७ मा सम्पन्न ने.क.पा.(माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित ।
  • २०५७ देखी २०५८ सम्म ने.क.पा.(माओवादी)को म्याग्दी, वाग्लुङ् र रुकुमको ईन्चार्ज ।
  • २०५८ देखी २०६० सम्म ने.क.पा.(माओवादी)को भेरी कर्णाली क्षेत्रीय व्यूरो अन्तर्गत डोल्पा, जाजरकोट, दैलेख र सुर्खेतको पार्टी ईन्चार्ज ।
  • २०६६ देखी २०६९ सम्म एकिकृत ने.क.पा.(माओवादी) पार्टीको मगराँत राज्य समितिको सेक्रेटरी ।
  • २०६९ असार देखी २०७० सम्म एकिकृत ने.क.पा.-माओवादीको थारुवान राज्य ईन्चार्ज ।
  • २०७१ देखी २०७२ सम्म ने.क.पा.(क्रान्तिकारी माओवादी)को पश्चिम मगराँत ईन्चार्ज ।
  • २०७३ को पार्टी एकिकरण पछि ने.क.पा.(माओवादी केन्द्र) पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं. ५ संयोजक ।
  • २०७४ मंसीर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा ने.क.पा.(माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै वामगठबन्धनको उम्मेद्वारको रूपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश नं. ५ को प्रदेश सभा सदस्यमा निर्वाचित ।

साहित्य, संगीत तथा कला अनुभव

  • २०४७ देखी २०५१ सम्म "प्रतिभा साँस्कृतिक परिवार" रूकुम र "सिस्ने साँस्कृतिक समूह" रुकुम जिल्लाव्यापि एवं राप्ती क्षेत्रीय साँस्कृतिक अभियानको नेतृत्व गरेको ।
  • २०४७ देखि २०६४ सम्म अखिल नेपाल जन-साँस्कृतिक संघको केन्द्रिय समितिमा रही राप्तिस्तरीय साँस्कृतिक अभियानको नेतृत्व ।
  • २०४८ मा डेमोक्रयाटिक कल्चरल फोरमको पश्चिम अभियानको उपाध्यक्ष ।
  • २०५८ देखी २०६० सम्म केन्द्रिय साँस्कृतिक टोली "सामना परिवार"को संयोजक, केन्द्रिय श्रव्य दृश्य विभाग प्रमुख एवं केन्द्रिय साँस्कृतिक विभाग सदस्य ।
  • सयौं गीत कविता रचना, दर्जनौं गीतमा संगीत संयोजन, गायन, वाद्यवादन तथा श्रव्यदृश्यको प्रावधिक क्षेत्रमा योगदान ।

प्रशासनिक अनुभव

  • २०४१ देखी २०४५ सम्म प्रा.वि. तातोपानी पाछाबाङ् रोल्पामा अध्यापन ।
  • २०४६ मा शिक्षण पेशाबाट अवकाश प्राप्त गरी अ.ने.रा.स्व.वि.यु.रुकुमको नवौ जिल्ला सम्मेलन द्वारा अध्यक्षमा निर्वाचित र पूर्णकालिन राजनीतिक कार्यकर्ता ।
  • २०५७ मंसिर २८ गते निर्वाचित भई पौष ५ गते घोषणा भएको "जनयुद्धको पहिलो जिल्ला जनसरकार" रूकुम जिल्ला जनसरकारको प्रमुख ।
  • २०६३ मा मगराँत स्वायत्त गणतन्त्र अन्तर्गत संयुक्त क्रान्तिकारी जनपरीषद मगँरात राज्य समितिको संयोजक ।
  • २०६५ मंसीर २३ देखी २०६६ असार सम्म नेपाल सरकार अन्तर्गत रहेको नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष ।

हिरासत अनुभव

  • २०४५ पौष २६ गते रोल्पा लिवाङ्गमा पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ५२ दिन हिरासत ।
  • २०४९ मा रूकुममा तत्कालिन प्रधानमन्त्रीको भ्रमण विरूद्ध प्रदर्शन गर्ने क्रममा ३ दिन हिरासत ।

 माननीय सभामुख

पूर्ण बहादुर घर्ती

माननीय सभामुख

थप जानकारी

 माननीय उप-सभामुख

कृष्णी थारु

माननीय उप-सभामुख

थप जानकारी

 सचिव

दुर्लभ कुमार पुन मगर

सचिव

थप जानकारी